पोखरा २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गरेका छन् ।
मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको भन्दै यस्तो दावी गरेका हुन् ।
पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरेका ओलीले भने, ‘हाम्रो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ । ‘
साथै, कार्यक्रममा उनले न्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेको समेत बताएका छन् ।