काठमाडौं २४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठवन्धनलाई असर पर्ने गरी केहि पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
मंगलबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा सुरु भएको केन्द्रिय किमिटको बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले यस्तो आग्रह गरेका हुन् ।
यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार प्रसारमा गठवन्धनको विरोध कार्य नगर्न भन्दै देउवाले कांग्रेसको पक्षमा माहोल बनाउन आग्रह गरेका छन् ।
साथै कांग्रेसले फागुन २९ गते देखि एक महिना सम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।