पोखरा २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई सत्यको पक्षमा लड्न आग्रह गरेका छन् ।
आज मंगलबार पोखरामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका ओलीले अहिले सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ चलेको अवस्था आफ्ना नेता कार्यकर्तालाइ यस्तो आग्रह गरेका हुन् ।
इतिहास र शास्त्रमा कहिले राम र रावण, कहिले कृष्ण र कंस त कहिले कौरव र पाण्डवबीच विभिन्न समयमा सत्य र असत्यको लडाइँ चलिरहेको प्रसंगलाई लिएर कार्यक्रममा भने,’ सत्यको पक्षमा जनादेशी र असत्य शक्ति परमादेशीबीच लडाइँ सुरु भएको छ ।’
पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले असत्यको प्रतिनिधित्व गर्ने शक्ति परमादेशी र जनताको जनादेशको पक्षमा जान खोज्ने, जनताको पक्षमा लड्ने शक्ति आफुहरु सत्यको पक्षमा भएको स्पष्ट पारेका छन् ।