काठमाडौं २४ फागुन । युक्रेनमाथि आक्रमण सुरु गरेसँगै रुस विश्वमा सबैभन्दा धेरै प्रतिबन्धको सामना गर्ने मुलुक बनेको छ । सिरिया र इरानलाई पछि पार्दै रुस विश्वमा सबैभन्दा धेरै प्रतिबन्ध लाग्ने मुलुक बनेको हो ।
यस विषयमा अध्ययन गर्ने साइट ‘क्यासटेलम डट एआई’ले दिएको जानकारी अनुसार फेब्रुअरी २२ भन्दा पहिला नै रुसमाथि २ हजार ७५४ प्रतिबन्ध लागेको बताइएको छ । युक्रेनमाथि हमला सुरु गरेसँगै रुसमाथि २ हजार ७७८ प्रतिबन्ध लागेको छ ।
जसको संख्या ५ हजार ५३२ पुगेको छ। प्रतिवन्धन लगाउने देशमा सबैभन्दा पहिलो स्थानमा अमेरिका परेको छ ।
त्यसपछि, बेलायत र ईयू संयुक्तरुपमा दोस्रो स्थान परेको छ । रुस भन्दा अगाडी धेरै प्रतिवन्धको सामाना गर्ने देशमा इरान परेको थियो ।
जसको संख्या ३ हजार ६ सय १६ पुगेको थियो ।