पाथीभरामाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् ! पढ्नुहोस् तपाईको साप्ताहिक राशीफल — OSNepal

पाथीभरामाईले हामी सबैको मनोकाक्षा पूरा गरुन् ! पढ्नुहोस् तपाईको साप्ताहिक राशीफल

LC (KTM) June 07, 2021 0

मेषः– रविबार र सोमबार समय अनुकुल देखिन्छ । आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । इच्छाशक्ति बढ्नेछ । शेष दिन उतार चढावमा वित्निेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । राम्रो वोल्दा उल्टो अर्थ लगानउने छन् । मंगलबार र बुधबार घरयासी खर्चमा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । विहिबारबाट समय थोरै अनुकुल हुनेछ । यत्नपूर्वक गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

वृषः– बुधबार सम्म समय अनुकुल जस्तै देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् । सामाजिक दायित्व बढ्नेछ । उच्च व्यक्तित्वसँग भेट घाट हुनेछ । व्यापार व्यवसायमा नयाँ नयाँ सम्भावना देखिने छन् । हेलचक्र¥याई नगरि काम गर्नु होला हरेक क्षेत्रमा सफलता मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । शेष दिन भने प्रतिकुल रहलान । खर्च वृद्धि हुनेछ । काममा अवरोध आउनेछ । धोका दिने छन् । पारिवारिक समस्या बल्झिने देखिन्छ ।

मिथुनः– समग्र साता अनुकुल रहनेछ । आइतबार र सोमबार भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मंगलबार र बुधबार आर्थिक कारोवार गर्दा सचेत रहनुहोला । दिएको धन फिर्ता हुने छैन । विहिबार र शुक्रबार समयले साथ दिनेछ । समयको सदुपयोग गर्नु होला । गरेका धेरै काम सम्पन्न हुनेछन् । कार्य क्षमता बढ्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट प्रशस्त धन आउनेछ । घरमा मांगलिक काम हुनेछन् । शनिबार खर्च विवाद बढ्न सक्छ ।

कर्कटः– प्रारम्भ प्रतिकुल देखिन्छ । स्वास्थ्यमा समस्या आउनेछ । काम काजमा अवरोध आउनेछ । जोखिम मोलेर काम नगर्नु होला । सुरक्षित यात्रा अप्नाउनु होला । साझेदारी काममा विवाद उत्पन्न हुनेछ । लगानी डुब्न सक्छ । आस्था र विश्वासमा चोट पुग्न सक्छ । सोमबार साँझ देखि समयमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । रोकिएका काम अगाडि बढ्नेछ । थोरै मेहनत गर्दा नयाँ काम हात पर्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । कल्पनाले सकार रुप लिनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

सिंहः–आइतबार र सोमबार आय आर्जनका हिसावले राम्रै देखिन्छ । व्यापार बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्नेछ । मंगलबार र बुधबार साता कै कमजोर दिन देखिन्छ । कमाएको धन नास हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । लगानी गरेको डुब्न सक्छ । मिथ्य कुराले पिरोल्नेछ । चोटपटकको भय देखिन्छ,जोखिम पुर्ण यात्रा नगर्नु होला । विहिबार बाट समयले पुन साथ दिनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधार आउला । सझेदारी काममा हात नहाल्नु होला ।

कन्याः–बुधबार सम्म समयले साथ दिनेछ । रोकिएका काम सम्पन्न हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । सहयोगी मन भेटिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । प्रयत्न गरेमा नयाँ कामको अवसर आउनेछ । बाद विबाद मुद्धा मामिलामा विजय हात लाग्नेछ । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ । पद प्रतिष्ठा बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ । संचित धन बढ्नेछ । विहिबार र शुक्रबार भने प्रतिकुल देखिन्छ । काम काजमा विलम्ब,खर्च वृद्धि तथा स्वास्थ्यमा समस्या आउनेछ । पुन शनिबार समयले साथ दिनेछ ।

तुलाः– साताको प्रारम्भमा केहि अप्ठ्राहरु पार गर्नु पर्नेछ । समस्या बढ्ने छन् । काम काजमा विलम्ब हुनेछ । विरोधीको सामना गर्नु पर्नेछ । लगानीको सुनिश्चितता हुने छैन । शरीरिक शिथिलता बढ्नेछ । मंगलवार देखि भने समय विस्तारै अनुकुल हुनेछ परिश्रम गर्न पछि नपर्नु होला । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । पारिवारिक सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ । सामाजिक काम गर्नु पर्नेछ । मित्रले सहयोग गर्नेछन् । व्यापारमा सुधार आउनेछ ।

वृश्चिकः– सोमबार अपरान्ह सम्म समय अत्यन्त नकरात्मक देखिन्छ । मानसिक दूर्वलता बढ्नेछ । चित्त अशान्ति हुनेछ । व्यवहार विग्रिनेछ । विश्वास गरेकाले धोका दिनेछन् । मंगलबारबाट समयमा विस्तारै सुधार आउनेछ । उपकारी काम हुनेछन् । यात्राको योग पनि देखिन्छ । विहिबारबाट समयले पूर्ण साथ दिनेछ । कार्य क्षमता बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । विरोधीहरु कमजोर हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । उच्च व्यक्तित्वसँग भेटघाट हुनेछ । घरमा वसाँई कम हुनेछ ।

धनुः– रविबार र सोमवार साताकै उत्कृष्ट दिन रहेका छन् । काम गर्ने जोश जागर बढ्नेछ । यात्राको योग देखिन्छ । आयत निर्यात व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । गरेका काम सफल हुनेछन् । प्रयत्न गर्दा नयाँ कामको अवसर मिल्नेछ । अन्य दिन भने त्यति सन्तोषजनक देखिन्न । स्वास्थ्यमा समस्या आउनेछ । विभिन्न खालका समस्या आउने छन् । पढाई लेखाईमा सोचे जस्तो सफलता मिल्ने छैन । विश्वास गरेकाले धोका दिने छन् । पारिवारिक खर्चमा वृद्धि हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ ।

मकरः–बुधबार सम्म समय सामान्य अनुकुल देखिन्छ । अबरुद्ध काम अगाडि बढ्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । आयत निर्यात व्यापार व्यवसायबाट अम्दानी बढ्नेछ । कामको अवसर आउन सक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । भूमि,औषधी चिकित्सा जस्ता पेशा व्यवसायबाट लाभान्वित हुनु हुनेछ । पारिवारिक सुख मिल्नेछ । विहिबार देखि समयले साथ दिने छैन । अन्तिम चरणमा पुगेका काम रोकिनेछन् । विश्वास गरेकाले धोका दिने छन् । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।

कुम्भः– रविबार र सोमबार अन्योलता बढ्नेछ । समयमा निर्णय लिन नसक्दा उपलब्धिका अवसर गुम्नेछन् । मंगलबार र बुधबार धेरै संघर्ष गर्नु पर्ला । मेहनतको फल भने राम्रै निस्कनेछ । अरुको भर परेर काम नगर्नु होला । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । विहिबार र शुक्रबार काममा सहजता आउनेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ । उच्च व्यक्तित्व सँगको भेटले उर्जा मिल्नेछ । शनिबारको दिन कमजोर रहेकोछ ।

मिनः–आइतबार र सोमबार प्रतिकुल देखिन्छ । पारिवारिक समस्या बढ्ने छन् । कुनै काम गर्दा जोखिम नउठाउनु होला । राज्य सँग सम्बन्धित काममा बढि सतर्कता अप्नाउनु होला । सुरक्षित अवतरण खोज्नु होला । फजुल खर्च ज्यादा हुनेछ । अरुको भरमा काम नगर्नु होला । मंगलबार र बुधबार अन्योलता बढ्नेछ । उपलब्धिका काम कम हुनेछन् । विहिबारबाट समयले साथ दिनेछ । प्रयत्न गर्दा धेरै काममा सफलता मिल्नेछ । निर्णय क्षमता बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर