काठमाडौं २३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक पटक संसद विघटन गर्नेले दण्ड पाउनुपर्ने बताएका छन् । आज सोमबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका महामन्त्री थापाले संसद विघटन गर्ने एमालेले दण्ड पाउनुपर्ने बताएका हुन् ।
‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ ‘ उनले भने ।
आगामी निर्वाचनमा चुनावमा हार्न योग्य दल नै नेकपा एमाले भएको दावी गरेका महामन्त्री थापाले दुईपटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा उनले सत्ता गठवन्धन भित्रै भएको अर्लि एलेक्सनको विषयमा भने सके एमालेलाई फकाएर ल्याउने र नसके एमालेको विरोधका बिच पनि कानुनु बनाउने भन्दै यो दुवै नभएको खण्डमा अर्के विकल्प आफुहरुले खोजेको पनि बताएका छन् ।