काठमाडौं २३ फागुन । गृहमन्त्री बालकृष्ण खाँणले अमेरीकी सहयोग एमसीसी राष्ट्रियतालाई सवल बनाउन ल्याइएको बताएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२ औँ अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै मन्त्री खाँडले विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन, भन्दै यस्तो बताएका हुन् ।
एमसीसीले विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग बताएका उनले भने, ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पारित गरेका हौँ, एमसीसी पास भएकाले कुनै विदेशी सेना नेपालमा आउन्न’।
एमसीसी ऋण नभइ अनुदान भएको स्पष्ट पारेका मन्त्री खाँडले एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार नआउने बताएका छन् ।
उक्त सहयोग परियोजनमा जुनसुकै कम्पनिले टेण्डर हाले काम पाउन सक्ने उनले बताएका छन् । ‘एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा अन्तर्राष्ट्रिय टेण्डर आह्वान हुन्छ, प्रक्रिया पुर्याएर जुनसुकै कम्पनीले पनि टेण्डर पार्न सक्छन्, बाहिर आएजस्तो हल्ला होइन ।’उनले भने ।