ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जना मृत अवस्थामा फेला, घटनास्थलमा फरेन्सिक डाक्टरसहितको टोली पुग्दै — OSNepal

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जना मृत अवस्थामा फेला, घटनास्थलमा फरेन्सिक डाक्टरसहितको टोली पुग्दै

LC (KTM) March 07, 2022 0

ललितपुर २३ फागुन । ललितपुरमा एकै घरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरस्थित कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको शव फेला परेको हो ।

ललितपुर प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष ,७ वर्षीय आस्मा रहेका छन् । दुई दिनको शिशुको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भिर अवस्थामा फेला परेका अर्का एक जना २२ वर्षीय शुभ तामाङको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले घटना स्थलमा प्रहरीले अनुशन्धान सुरु गरेको छ भने ,शवलाई पोस्टमार्टम तयारी गरिएको छ ।

घटनास्थलमा फरेन्सिक डाक्टरसहितको टोली जाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर