काठमाडौं २३ फागुन । नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन अब स्थानीय तह निर्वाचन पछि मात्रै हुने भएको छ ।
पार्टीका प्रमुख सचेतक देव गुरुङले दिएको जानकारी अनुसार पदाधिकारीमा सहमति जुट्न नसकेकाले स्थानीय तहको चुनावपछि मात्रै पदाधिकारी चयन हुने भएको हो ।
महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माको कडा प्रतिस्पर्धाका कारण सहमति नजुट्दा केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिले समेत पुर्णता पाउन नसकेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’महासचिव पदमा वर्षमान र जनार्दन लाई सहमति गराउन कोशिस गरेपनि पनि सफल भने हुन सकेको छैन ।
गत पौष १८ गते बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरेपछि त्यस यता केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन । शुक्रबारबाट सुरु भएको केन्द्रिय कमिटिको बैठले शनिबार र आइतबार भने स्थगित भएको थियो ।
वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–६, महासचिव–१, सचिव–३, कोषाध्यक्ष–१ सहित १४ वटा पद खाली रहेको छ ।