कोरोना महामारीमा सर्लाहीका युवा अभियन्ता सचित्रको निःशुल्क खाना अभियान — OSNepal

कोरोना महामारीमा सर्लाहीका युवा अभियन्ता सचित्रको निःशुल्क खाना अभियान

LC (KTM) June 06, 2021 0

काठमाडौँ । सचित्र सहनी पेशाले ईन्जिनियर हुन् । र पनि उनको रुची समाजसेवामा उत्तिकै छ । प्रेम फाउंडेशन (सर्लाही)का अध्यक्ष समेत रहेका युवा समाजसेवी सहनीले कोरोना महामारीमा खाना नपाएकाहरुलाई खाना दिने उदेश्यले जिरो हंगर अभियान चलाएका छन् । महामारीको बेलामा निशुल्क खाना तथा खाद्यान्न बितरण गर्दै आएका सहनी भन्छन् यस्तो समयमा भोकै बस्नुपर्दाको पिडा शब्दमा बयान गरिसाध्यको हुँदैन, त्यसैले निशुल्क खाना अभियानलाई संचालनमा ल्याएका हौँ ।

यस फाउंडेशनले बिरगंन्जको बसपार्क, नारायणी होस्पिटल,र बिरगंनज भन्सार तथा बिरगंनजका विभिन्न ठाउहरुमा करिब हरेक दिन २ सय देखी ३ सय जना कोभिडका बिरामी, बालबालिकाहरु ,अभिभावक,गरिब,असहाय९अशक्तहरुलाई निशुल्क खाना दाल,भात,तरकारी प्याक गरेर पानी र मास्क बितरण गर्दै आएका छन।

यो अभियानमा उनलाई बलरा -५ अर्नहा निवासी सुजित कुशवाहा, अजय प्रसाद चोधरी, कार्यक्रम संयोजक-कृष्ण मोहन सहनीको विशेष नेत्रित्वमा तथा साथिहरू ,अभिषेक यादव,राम बिनय प्रजापति, सचिन गुप्ता,अजय साह,अजय यादव,शक्ति सराफ,सुरज गुप्ता ,बिबेकानन्द सहनीले सहयोग गर्दै आएका छन। त्यस्तै आर्थिक सहयोग गर्ने सहयोगी मनकारी साथीहरू र अभिभावकगण प्रति धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा गरेका छन। तपाई पनि सहयोग गर्न इच्छुक हुनुहुन्छ भने ९८१०१४५२३८ मा सम्पर्क गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर