कोरोनाको सङ्क्रमण घट्दै गएको देखिए पनि घटेन मृत्यु दर — OSNepal

कोरोनाको सङ्क्रमण घट्दै गएको देखिए पनि घटेन मृत्यु दर

LC (KTM) June 06, 2021 0

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा गएको हप्तामा कोरोनाको सङ्क्रमण घट्दै गएको देखिए पनि सङ्क्रमणको अनुपातमा मृ त्यु दर घट्न सकेको छैन । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार गएको हप्तामा प्रदेशमा ४२ सङ्क्रमितको उपचारका क्रममा मृ त्यु भएको छ । सो अवधिमा १२ हजार ७६० जनाको नमूना परीक्षण हुँदा झण्डै १६ प्रतिशत अर्थात् दुई हजार ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अघिल्लो हप्तामा ५७ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । सो अवधिमा १५हजार ३६१जनाको नमूना परीक्षण गरिँदा झण्डै २४ प्रतिशत आर्थात् तीन हजार ६२०जनामा सङ्क्रमण भएको पाइएको थियो ।

यस्तै गएको हप्तामा सात हजार ६१ जना उपचारपछि घर फर्किनु भएको छ । अघिल्लो हप्ता तीन हजार ८८६ जना उपचारपछि निको हुनुभएको थियो ।निर्देशनालयका अनुसार पछिल्लो २४घण्टामा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बैतडी जिल्लामा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आजसम्म भण्डै नौ प्रतिशत अर्थात् दुई लाख ३६हजार ६१९को कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर