जन्मदिनको शुभअवसरमा अस्पतालका बिरामीलाई सहयोग — OSNepal

जन्मदिनको शुभअवसरमा अस्पतालका बिरामीलाई सहयोग

LC (KTM) June 06, 2021 0

अर्घाखाँची ।अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा न. १ निवासी मिश्र हाड्वयरका प्रोपाइटर, उधोग बाणिज्य संघ अर्घाखाँचीका महासचिव प्रदीप मिश्रले आफ्नो छोरी सुप्रभा मिश्रको जन्मदिनको अबसरमा कोबिड १९ बाट संक्रमित भइ अर्घाखाँची अस्पताल को आइसुलेशन कक्षको HDU मा उपचारर्थ बिरामी हरु लाइ आज जेष्ठ २३ गते देखि पिउने पानी असार १ गतेदेखि असार मसन्ता सम्म एक महिना निशुल्क खाना नास्ता अन्डा दूध खुवाउने ब्यवस्था मिलाएका हुन ।

यसैगरी लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मार्फत ३० हजार बराबरको स्वास्थ सामाग्री समेत अर्घाखाँची अस्पताल लाई पठाएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल ले जानकारी दिए ।

महामारीको जटिल अवस्थामा सहयोग गर्ने मनहरु सम्पुर्ण लाई जिल्ला अस्पताल को टिमले हार्दिक धन्यवाद साथै जन्मदिनको बधाई तथा शुभकामना समेत प्रकट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर