काठमाडौं २२ फागुन । बलात्कारको अभियोगमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको संसद बैठकमा सांसद बानियाँ निलम्बनमा परेको जानकारी दिएका हुन् ।
एक महिलाले दिएको उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।
हाल बानियाँ हिरासतमा रहेका छन् । भने उनीमाथि थप अनुशन्धान भइरहेको छ ।