काठमाडौं २२ फागुन । संसद बैठक अगाडी आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाभियोगमाथिको छलफललाई अगाडि बढाउने तयारी विषयमा छलफल हुने बुझिएको छ ।
कार्य व्यवस्था परामर्श समितिको बैठक सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका हुन् । संसद बैठकमा प्रस्तुत् हुने कार्यसुचीको विषय तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।