जनकपुर २२ फागुन । धनुषामा गएराति गोली प्रहारबाट एक जना युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा गोली चल्दा कमला नगरपालिका ८ घर भएका १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।
मामाघर बस्दै आएका मुखिया मामाको किराना पसलमा ४ – ५ जनाको समुहमा गफ गर्दै बसेका उनी माथि एक्कासी गोली प्रहार भएको हो ।
पेस्तोलबाट प्रहार भएको गोली निजको चिउँडोमा लागि घाँटीमा गएर अड्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्नेको पहिचान भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।