काठमाडौं २२ फागुन । नेकपा माओवादीको आज आइतबार केन्द्रिय कमिटिको बैठक बस्ने भएको छ । शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको छ ।
बैठक पदाधिकारी चयन गर्नका लागि बस्ने भएको हो । शुक्रबारको बैठकमा एमसीसी तथा एमसीसीको कारण पार्टीको देखिएको मतभेदको विषयमा छलफल भएको थियो । बैठकले पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा छलफल गर्ने भएको छ ।
आठौं महाधिवेशन पछि बसेको पहिलो केन्द्रिय कमिटिको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको थियो भने २९९ केन्द्रीय सदस्य चयन गरिनु पर्ने पार्टीको विधान रहेपनि उक्त महाधिवेशनले २४७ जना मात्र २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।
माओवादी केन्द्रमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन हुन बाँकी रहेको छ । जसको चयन लागि शुक्रबारबाट पार्टीको केन्द्रिय कमिटिको बैठक बसिरहेको छ ।