स्वास्थ्यकर्मीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय — OSNepal

स्वास्थ्यकर्मीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । राष्ट्रपतिबाट आज मात्रै जारी भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी सम्बन्धी अध्यादेशमा अब स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने जनाइएको छ । साथै स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय हुन सक्ने भएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा भएको स्वास्थ्य कर्मीमाथिको हातपातको सर्वत्र विरोध भएपछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको हो ।स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमा गरेको कसुरको आधारमा फरक फरक सजाय हुने भनी अध्यादेश मार्फत जानकारी दिइएको छ ।

जस्तो कि,स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय ,स्वास्थ्य संस्थामा तोडफोड वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय तथा स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरे, बिरामीको उपचारमा बाधा पुर्‍याए एक वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर