हुण्डी कारोबार गरेको अभियोगमा नगदसहित अमित कुमार पक्राउ — OSNepal

हुण्डी कारोबार गरेको अभियोगमा नगदसहित अमित कुमार पक्राउ

LC (KTM) June 06, 2021 0

पर्सा २३ जेठ । अवैध वित्तिय कारोबार ९हुण्डी० गरेको अभियोगमा वीरगंज महानगरपालिका-६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई नगद ३ लाख रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना.२८ प ५७५८ नम्बरको मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ ईनर्वा चोकमा जाँच गर्ने क्रममा शरीरमा लुकाई छिपाई ल्याएको उक्त नगद सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर