राष्ट्रपतिबाट स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी — OSNepal

राष्ट्रपतिबाट स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी

LC (KTM) June 06, 2021 0

काठमाडौँ, २३ जेठ- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो ।

फुड बैंक सञ्चालन- निषेधाज्ञाको अवधिमा गरीब समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन विभिन्न छ संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आजदेखि विराटनगर महानगरपालिका–५ मा फुड बंैक सञ्चालनमा ल्याएका छन् ।

नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी बहुमुखी सहकारी संस्था, शिव शिखर एग्रो र गोर्खा टी एन्ड कफीले आगामी सात दिनसम्म दैनिक बिहान ७ः०० देखि १०ः०० बजेसम्म दुई सय व्यक्तिलाई खाद्यान्नबापत दुई किलो चामल, ५०० ग्राम दाल, एक किलो नुन र एक सय ग्राम सोयाबिन वितरण शुरु गरेको छ ।

दैनिक मजदूरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकामा केही सहयोग पुगोस् भन्ने उद्देश्यअनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक सीताराम बर्तोलाले जानकारी दिनुभयो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगअनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिनलगायत थप खाद्यान्न वितरण गरिने बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर