ललितपुर २० फागुन । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रममा महानगपालिकाले यी तिन क्षेत्रलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त कार्यक्रममा नियम लागु भएको आजको दिन देखि सात दिन सम्म एक्त क्षेत्र परिसरमा धुम्रपान नगर्न आग्रह गरिने र त्यसपछि भने जरिवाना गरिने बताएका छन् ।
उक्त जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गर्ने समेत मेयर महर्जनले बताएका छन् ।
‘स्मोकिङ किल्स भन्ने भनाइ शतप्रतिशत ठिक छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ ।’ कार्यक्रममा उनले भने ।