काठमाडौंमा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या, निषेधाज्ञा यताकै सबैभन्दा न्युन संख्यामा संक्रमित फेला — OSNepal

काठमाडौंमा ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या, निषेधाज्ञा यताकै सबैभन्दा न्युन संख्यामा संक्रमित फेला

LC (KTM) June 06, 2021 0

काठमाडौं, जेठ २३ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । त्यसै गरी थप ९९ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर