काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पासले सत्ता गठवन्धन लम्बिने बताएका छन् । अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन यस्तो बताएका हुन् ।
आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने, ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीतिमा अन्योल हुने हो कि भन्ने कुरा अन्त्य भएको छ । ‘
साथै बैठकमा अध्यक्ष प्रचण्डले संसद अवरोध निरन्तर भइरहे नयाँ विकल्प सोच्नु पर्ने भन्दै संसद विघटन गर्नेतिर जान सक्ने संकेत गरेका छन् ।