काठमाडौं २० फागुन । सर्वोच्च अदालतमा आज शुक्रबार पाँच महिना पछि संवैधानिक इजलास बस्ने भएको छ।
सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलले दिएको जानकारी शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि बस्न नसकेको संवैधानिक इजलास आज पाँच महिना पछि बस्न लागेको हो ।
यस अघि अन्तिम पटक संवैधानिक इजलास असोज १३ गते बसेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध फागुनमा १ गते महाभियोग दर्ता भएपछि निलम्बनमा परेका छन् ।
आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।