स्थानीय तहको निर्वाचन नजिकिए संगै सरकारले सरोकारवाला निकायलाई सक्रिय बनाउन थालेको छ । यसैक्रममा निर्वाचन आयोगले पनि युद्धस्तरमा काम अघि बढाएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बजेट सुनिश्चितता भईसकेको जानकारी दिएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगले आठ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चितता भएको जानकारी दिएको हो ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट आठ अर्ब ११ करोडको बजेटको सुनिश्चितता प्राप्त भएको छ।’ यसको मतलब अब स्थानीय तहको निर्वाचनका लागि राज्यको आठ अर्ब भन्दा बढी पैसा खर्च हुदैछ । यसैक्रममा आयोगले स्थानीय निर्वाचनका लागि दर्ताको निवेदन दिएका दलको कागजात अध्ययन भइरहेको जनाएको छ। आयोगमा जम्मा ८० दलले निबेदन दिएका छन् ।