काठमाडौं १९ फागुन ।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल बार एशोसिएशनको चुनावमा डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) एक्लै लड्नुपर्ने बताएका छन् ।
विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को महत्त्वपूर्ण भूमिका रहेको भन्दै नेता कोइरालाले नेपाल बार एशोसिएशनको चुनावमा डीएलए एक्लै लड्नु पर्ने बताएका हुन् ।
उनले लोकतान्त्रिक कानून व्यवसायीहरूको पेशागत र बौद्धिक संगठन भएकाले नेपाल बार एशोसिएशनको निर्वाचनमा डीएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ भनेका छन् । ‘अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन, यदि यसो गरिए डीएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ ।’
कोइरालाले भनेका छन्, ‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को महत्त्वपूर्ण भूमिका छ । यो लोकतान्त्रिक कानून व्यवसायीहरूको पेशागत र बौद्धिक संगठन हो । नेपाल बार एशोसिएशनको निर्वाचनमा डीएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ । अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन, यदि यसो गरिए डीएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ ।’