काठमाडौं १९ फागुन । नेकपा माओवादी केन्द्र एमसीसीको कारण फुटको संघारमा पुगेको छ । आइतबार संसद बैठकमा एमसीसी पारित भएसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठवनधन जोगाउन भन्दै एमसीसी अनुमोदन गर्न समर्थन गरेपछि पार्टीका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतले यसको विरोध जनाएका छन् ।
एमसीसीका कारण प्रचण्डसँग रुष्ट रहेका श्रेष्ठ लगायतका नेताहरुले आफ्नो छुट्टै बैठक समेत राखेका छन् । विशेष स्रोतले दिएको जानकारी अब प्रचण्डसँग पार्टीमा मिलेर बस्न नसक्ने श्रेष्ठले निष्कर्ष निकालेको बुझिएको छ ।
प्रचण्डले पार्टी, देश र जनतालाई धोका दिएको श्रेष्ठ समुहको आरोप रहेको छ । आज प्रचण्ड र श्रेष्ठबिच भएको भेटमा पनि प्रचण्डले मिलेर अगाडी बढौं पार्टी छाड्ने काम नगर्न आग्रह गरेका छन् ।
तथापी , अध्यक्ष प्रचण्डले केहि दिन अगाडी मात्र श्रेष्ठको नाम नै तोकेर आफ्नो बाटो लाग्न सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए । जसको भारी प्रचण्ड आफैलाई परेको छ ।
श्रेष्ठले एमसीसी विरोधी पुर्व माओवादीका कम्युनिस्ट शक्तिहरुसँग छलफल अगाडी बढाएका छन् । भने आजै विप्लवलाई समेत भेटेका छन् ।