काठमाडौं १९ फागुन । सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसद अवरोध अन्त्य गर्न आग्रह गरेको छ । आज बसेको सत्तारुढ चार दलको समन्वय समितिको बैठकमा संसदको अवरोध हटाउन एमालेलाई आग्रह गरिएको हो ।
गत भदौ २३ गते देखि आफ्नो माग पुरा नभएको भन्दै एमालेले नियमित रुपमा संसद बैठक अवरुद्ध गर्दै आएको छ । यसबाट जनतामा समेत नराम्रो असर पर्न जाने भएकाले संसद अवरोध हटाउन एमालेलाई सत्ता गठवन्धनले आग्रह गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरोध हुँदा जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन एमालेलाई आग्रह गरिएको बताएका छन् ।