काठमाडौँ — कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै पनि राष्ट्रघात गर्न नसक्ने र नजानेको बताएका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै शमाृले कांग्रेसले राष्ट्रघात गर्यो भनेर भ्रम फैलाउनेहरूलाई जनताले प्रश्न गर्न सक्नुपर्ने बताए ।राष्ट्रियताको नारा लिएर जनताको पक्षमा काम गर्दै आएको कांग्रेसले मात्रै सुरुदेखि नै एमसीसीका बारेमा प्रष्ट धारणा राखेको पनिउ उनले बताए ।
कमरेड केपी ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्मा दर्ता गराउनुभएको थियो । अहिले संसद्मा उहाँहरूले चार घण्टा नारा लगाउनुभयो । तर, एमसीसीकाबारेमा एक शब्द बोल्नुभएन उनले भने । उनले एमसीसी चुनावपछि पास गरौँ भन्नेहरूले बानेश्वरमा उफ्रिरहेका युवाको भोटमात्रै हेरेको, तर कांग्रेसले ती युवाको भविष्यबारे सोचिरहेको दाबी गरे ।