खाद्यान्न उपलब्ध गराउन आजदेखि फुड बैंक सञ्चालनमा — OSNepal

खाद्यान्न उपलब्ध गराउन आजदेखि फुड बैंक सञ्चालनमा

LC (KTM) June 06, 2021 0

मोरङ, २३ जेठ- निषेधाज्ञाको अवधिमा गरीब समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन विभिन्न छ संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आजदेखि विराटनगर महानगरपालिका–५ मा फुड बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी बहुमुखी सहकारी संस्था, शिव शिखर एग्रो र गोर्खा टी एन्ड कफीले आगामी सात दिनसम्म दैनिक बिहान ७ः०० देखि १०ः०० बजेसम्म दुई सय व्यक्तिलाई खाद्यान्नबापत दुई किलो चामल, ५०० ग्राम दाल, एक किलो नुन र एक सय ग्राम सोयाबिन वितरण शुरु गरेको छ ।

दैनिक मजदूरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकामा केही सहयोग पुगोस् भन्ने उद्देश्यअनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक सीताराम बर्तोलाले जानकारी दिनुभयो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगअनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिनलगायत थप खाद्यान्न वितरण गरिने बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर