एमाले सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति — OSNepal

एमाले सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

LC (KTM) March 02, 2022 0

काठमाडौं १८ फागुन । बलात्कारको अभियोगमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मुगु जिल्लाबाट निर्वाचित बानियाँलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, बाँकेले पाँच दिनको अनुमति दिएको हो ।

निजले गत माग १९ गते आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भन्दै होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पिडित महिलाले किटानी जाहेरी दिएकी थिइन् ।

उनलाई फागुन १६ गते पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर