नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृ त्यु — OSNepal

नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृ त्यु

LC (KTM) June 06, 2021 0

लेगोस, २३ जेठ-बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ ।

घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा श व निकालेको बताएको थियो । तर पछि ८८ श व निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिनुभयो थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन् । यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मा रिएका थिए । (रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर