चर्चित नायिका पूजा शर्माले खोलीन् बाबुका यस्त रहस्य — OSNepal

चर्चित नायिका पूजा शर्माले खोलीन् बाबुका यस्त रहस्य

LC (KTM) June 06, 2021 0

काठमाडौ । नायिका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अभाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाएको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु रु जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

उनले आफुलाई जे काम गर्न पनि हिम्मत लाग्ने बताएकी छन् । त्यो साहस आफुलाई आमाले नै दिएको बताएकी छन् । आमानै आफ्नो जिवन भएकाले आफुलाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसकेको बताएकी छन् ।

उनले सकेसम्म धेरै समय आमासंगै बिताउन चाहेकै कारण विवाह पनि ढिलो गर्ने सोच बनाएको बताएकी छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमालाई हेर्न पाउँछु की पाउँदिन यो सबै कुरा सोचेर पनि विवाहको बारेमा सोच्न सक्दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर