काठमाडौं १८ फागुन । आज बुधबार दिउँसो १ बजे संसद बैठक बस्ने भएको छ । आज बस्ने संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
संसदबाट एमसीसी पारित भएपछि यो संसद बैठक पहिलो पटक बस्न लागेको हो ।