काठमाडौं १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
केन्द्रिय सदस्यमा मनोनित हुनेमा राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौंकी नायीका रेखा थापासहित इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा रहेका छन्।
त्यसैगरी , कपिलबस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्।