बाटोमा हिडीरहेका भलमानलाई सडकमा ढलेको विद्युत्को पोलबाट करेन्ट लाग्दा घटनास्थलमानै मृ त्यु — OSNepal

बाटोमा हिडीरहेका भलमानलाई सडकमा ढलेको विद्युत्को पोलबाट करेन्ट लाग्दा घटनास्थलमानै मृ त्यु

LC (KTM) June 06, 2021 0

उदयपुर, २३ जेठ चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृ त्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृ त्यु भएको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

मौसमी तथा बेमौसमी तरकारीबाट राम्रो आम्दानी:- भाडामा लिएको १६ रोपनी जग्गामा सञ्चालित फार्ममा पशुपालनसँगै प्लाष्टिकको टनेलभित्र यतिखेर लटरम्म गोलभेँडा फलेको छ । चैत महिनामा लगाइएको सिर्जना जातको गोलभेँडाका बोटले उत्पादन दिन शुरु गरेको कृषक हरिबहादुर कार्की बताउनुहुन्छ । अहिले दैनिक ५० देखि ६० किलो उत्पादन हुने गरेको छ । बजारमा होलसेल मूल्य रु ५० देखि ५५ रहने गरेको छ । टनेलभित्र मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) तरकारी सुपरजोनको रु १३ लाख ७५ हजार अनुदान र फार्मका तर्पmबाट रु दुई लाख ५० हजारको लागतमा निर्माण गरिएको तापानुकूलित हाइटेक, फार्मले निर्माण गरेको टनेलभित्र लगाइएको काँक्रोबाट एक याममा रु ८० हजार, सागबाट रु ३० हजार र गोलभँेडाबाट वार्षिक रु दुई लाख, तथा अन्य सिमी, धनियाँ लगायतबाट समेत राम्रै राम्दानी हुने गरेको छ ।

पशुपालन तथा तरकारी फार्ममा हालसम्म रु एक करोड ५० लाख लगानी भइसकेको छ । फार्ममा हाल आठजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनीहरूको मासिक पारिश्रमिकमा मात्र रु एक लाख २० हजार खर्च हुने गरेको छ । उनीहरूका लागि खाना र बासको समेत फार्मले छुट्टै व्यवस्था गर्दै आएको छ ।
पशुपालन एवम् तरकारी खेतीका लागि अत्यावश्यक पानीका लागि रु २२ लाखको लागतमा डिप बोरिङ गरेर पानीको व्यवस्था गर्दै आएको फार्मले सहुलियत ब्याजदरमा बैकबाट रु ३५ लाख ऋण लिएको छ । भैँसीको मल तरकारीलाई र तरकारीबाट उत्पादन भएको घाँस भैँसीलाई दानाका रुपमा प्रयोग गरेर फार्मले दोहोरो फाइदा लिँदै आएको छ । भैँसीको आलो गोबरलाई विभिन्न प्रविधि अपनाएर बनेको कम्पोष्ट हाइटेकभित्र लगाउने सबै खाले तरकारी बारीमा प्रयोग गरिएका कारण उत्पादित जैविक तरकारीप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

विश्वव्यापीरुपमा पैmलिएको कोभिड–१९ को सङ्क्रमण पैmलिन नदिनका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बाहिरबाट तरकारी नआएपछि यहाँको उत्पादनले बजार पाएको कृषक बताउँछन् । कृषिमा युवा शक्तिलाई लगाउन सरकारीस्तरबाट गुणस्तरीय बीउ, मल, दानासहित बजारीकरणको समेत उचित व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर