हङकङका जनताले खोप लगाउन नमानेपछि, यति ठूलो अफर (भिडियोसहित) — OSNepal

हङकङका जनताले खोप लगाउन नमानेपछि, यति ठूलो अफर (भिडियोसहित)

LC (KTM) June 06, 2021 0

हङकङका जनताले कोविड-१९ विरुद्ध खोप लगाउन उदासिन देखाएपछि सरकार चिन्तित बनेको छ। कतिपय देशमा खोप नपाएर हाहाकार मच्चिरहेको बेला हङकङमा भने फालाफाल अवस्थामा रहेको छ।

कोरोनाविरुद्ध खोप लगाएर आफू, परिवार र समुदायलाई सुरक्षित पार्न सरकारले बारम्बार आग्रह गर्दै आएको छ। तर अपेक्षित रुपमा खोप लिनेको संख्या बढेन। सरकारले खोप लिन प्रोत्साहित गर्न विभिन्न योजनाहरु अघि सारेको छ। तिमध्ये सरकारले निजी क्षेत्रसंग सहकार्य गरेर १०.८ मिलियन पर्ने आकर्षक अपार्टमेन्ट लक्की ड्रमा प्रदान गर्ने घोषणा गरेको छ।

खोपको दोश्रो डोज लिइसकेका १८ वर्ष माथिका सबै स्थायी नागरिकले लक्की ड्रमा सहभागी हुन पाउंने छन्। एक जना विजेताले १०.८ मिलियन पर्ने अपार्टमेन्ट प्राप्त गर्ने छन्। यसबाहेक लाखौं डलरका अन्य लक्की ड्रहरुसमेत समावेश गरिएका छन्। लक्की ड्रमा सहभागीको लागि नाम दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर १ र ८ तारिख नतिजा प्रकाशित गरिने जनाएको छ।भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर