तास खेलिरहेको अवस्थामा ६ जना मोटो रकम सहित पक्राउ — OSNepal

तास खेलिरहेको अवस्थामा ६ जना मोटो रकम सहित पक्राउ

LC (KTM) June 06, 2021 0

दाङ, २३ जेठ -घोराही उपमहानगरपालिका-१५ दिपशिखा रोडस्थित गौरीदिप होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय सुधिर न्यौपाने लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३९ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि : आगामी वर्ष तीन ठाउँमा सुरुङमार्ग सुरु हुने – सरकारले आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा गरेको छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सिद्धबाबा, लामाबगर(लाप्चे, धरान(लेउती सुरुङमार्गको निर्माण थाल्ने घोषणा गरेका थिए ।

यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बताउँछन् ।यो समाचार आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर