ओली पक्षका कानुन व्यवसायीलाई मानहानीको मुद्धा चलाउने प्रधानन्यायाधीश राणाको चेतावनी — OSNepal

ओली पक्षका कानुन व्यवसायीलाई मानहानीको मुद्धा चलाउने प्रधानन्यायाधीश राणाको चेतावनी

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलासमा सरकारी वकिललाई मानहानीको मुद्धा चलाउने बताएका छन् । आज सुरु भएको संसद विघनविरुद्धको रिटमा सुनुवाई हेर्न नमिल्ने भन्दै सरकारी पक्षका वकिलहरुले बहस गरेपछि न्यायाधीश राणाले मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् ।

राणाले भने कानुन व्यवसायीको रूपमा तपाईंहरूले इजलासको मर्यादा कायम राख्नुपर्छ’ ‘तपाईंहरूको निवेदनले यो मुद्दामा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने अवस्था आउन सक्छ । निवेदनका कारण तपाईंहरूलाई अवहेलना मुद्दा लगाउनु पर्ने हुन सक्छ । तपाईंको निवेदन दर्ता भएपछि आउने अवस्थाको भागेदार तपाईं नै हुनुपर्छ ।’

कानुन व्यवसायी राजाराज भण्डारी, कृष्णप्रसाद भण्डारी, दीपक मिश्र र यज्ञमणि न्यौपानेले ११ जना न्यायाधीशले प्रतिनिधि सभा विघटनसम्बन्धी हेर्न मिल्दैन भन्ने निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर