लकडाउनको मौका छोपी शरिीर भित्र यस्तो चिज लुकाइ बाटोमा लखर लखर हिडिरहेका पाँच जना युवा फिल्मी शैलिमा समातिए — OSNepal

लकडाउनको मौका छोपी शरिीर भित्र यस्तो चिज लुकाइ बाटोमा लखर लखर हिडिरहेका पाँच जना युवा फिल्मी शैलिमा समातिए

LC (KTM) June 06, 2021 0

कञ्चनपुरस् लागु औषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो। चन्दले चढेको भारतीय युके०६एइ९७५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर