काठमाडौं १७ फागुन । नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौतामा नेपालले मान्न नहुने राष्ट्रघाती प्रावधानहरू रहेछन् भन्ने सरकारले एमसीसीलाई गरेका प्रश्न र संसदमा पेश गरेको ‘व्याख्यात्मक घोषणा’ ले प्रष्ट भएको बताएका छन् ।
उनले सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौतामा सबै संलग्न भएको भन्दै हल्ला गरेकोले संलग्न हुनेहरूलाई संसदीय छानबीन गरी कार्वाइ गर्न समेत उनले आग्रह गरेका छन् ।
आफुले सन्धि कानूनसम्बन्धी भियाना अभिसन्धि र अन्तरराष्ट्रिय कानून एवं अभ्यासमा व्याख्यात्मक घोषणाबारे अध्ययन गरेको बताएका उनले आफुले व्याख्यात्मक घोषणाले सन्धिरसम्झौतामा लेखिएका कुरा संशोधन हुने वा लागु नहुने कहीं नभटेको समेत बताएका छन् ।
उनले भनेका छन् ,’एमसीसी सम्झौतामा नेपालले मान्न नहुने राष्ट्रघाती प्रावधानहरू रहेछन् भन्ने सरकारले एमसीसीलाई गरेका प्रश्न र संसदमा पेश गरेको ‘व्याख्यात्मक घोषणा’ ले प्रष्ट भएको छ।सम्झौतामा सबै संलग्न छन् भनी कांग्रेसले हल्ला गर्दै छ।त्यसो भए यसमा संलग्न हुनेहरूलाई संसदीय छानबीन गरी कार्वाइ गरौं।’
आज फेरी सन्धि कानूनसम्बन्धी भियाना अभिसन्धि र अन्तरराष्ट्रिय कानून एवं अभ्यासमा व्याख्यात्मक घोषणाबारे अध्ययन गरें ।व्याख्यात्मक घोषणाले सन्धिरसम्झौतामा लेखिएका कुरा संशोधन हुने वा लागु नहुने कहीं भेटिएन। बरू यस्तो घोषणाले सन्धिका प्रावधानमा कानूनी प्रभाव नपर्ने कुरा पो भेटियो।