मुख्यमन्त्री गुरुङले लिने विश्वासको मतमा विपक्षीहरुको सहमति नभएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित — OSNepal

मुख्यमन्त्री गुरुङले लिने विश्वासको मतमा विपक्षीहरुको सहमति नभएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित

LC (KTM) June 06, 2021 0

कास्की २३ जेठ । गण्डकी प्रदेशसभाको बैठक आजलाई स्थगित भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लिने विश्वासको मतमा सहमति नभएकाले आजको प्रदेशसभाको बैठक स्थगित भएको हो ।

हिजो शनिवार बसेको कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री गुरुङले लिने विश्वासको मत सम्वन्धमा प्रतिपक्ष लगायतका पार्टीसँग सहमति नभएको हो । हिजोको बैठकमा गुरुङले आफुले जेठ २७ गते सम्म विश्वासको मत लिने बताएको प्रति आपत्ती जनाउँदै जतिसक्दो चाँडो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनु पर्नेमा विपक्षीहरुले अडान लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर