वरिष्ठताको आधारमा गठिन इजलासमा संसद विघटन विरुद्धको मुद्धाको सुनुवाई सुरु — OSNepal

वरिष्ठताको आधारमा गठिन इजलासमा संसद विघटन विरुद्धको मुद्धाको सुनुवाई सुरु

LC (KTM) June 06, 2021 0

काठमाडौँ २३ जेठ । संसद विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा वरिष्ठताको आधारमा गठिन इजलासले सुनुवाई सुरु गरेको हो ।

जसमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराई रहेका छन् । वरिष्ठताको आधारमा जवरापछि चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ रहेकामा उनको परिवारमा कोरोना संक्रमित रहेकाले श्रेष्ठ भने इजलासमा देखा नपर्ने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेर मध्यवति चुनावको घोषणा गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर