युक्रेन र रुस बीचको बढ्दो तनावलाई लिएर फिफाद्धारा रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध — OSNepal

युक्रेन र रुस बीचको बढ्दो तनावलाई लिएर फिफाद्धारा रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध

LC (KTM) February 28, 2022 0

युक्रेन र रुस बीचको बढ्दो तनावलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले रुस र बेलारुसका सबै खेलाडी र अफिसियललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाउन सिफारिस गरे सँगै फिफाले पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

फिफाले यस निर्णयको अधिकारिक पुष्टि केहि समयमा पछि गर्ने अन्र्तराष्टिय  संचारमाध्यमहरुले जनाएका छन् । फिफाको यो निर्णयले रुसले ठुलै झट्का लाग्ने पक्का भएको छ । रुसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउने छैन । यसअघि फिफाले रुसले आफ्नो खेल फुटबल युनियन अफ रसियाको नाममा घरेलु मैदानमा खेल्न नपाउने निर्णय गरेको थियो ।

तर अधिकांश युरोपेली राष्ट्रले फिफाको यो निर्णयको आलोचना गरेपछि फिफाले प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो । रुसले विश्वकप छनोटको प्लेअफमा पोल्यान्डको सामना गर्ने तालिका रहेको थियो । मार्च २९ मा हुने खेलमा अब पोल्यान्ड अघि बढ्ने सम्भावना छ । उक्त समूहको प्लेअफको अर्को खेलमा चेक र स्विडेन खेल्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर