ओलीलाई परास्त गरेरै छाड्ने दावीका साथ नेपालले भने,अब ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ — OSNepal

ओलीलाई परास्त गरेरै छाड्ने दावीका साथ नेपालले भने,अब ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्छ

LC (KTM) June 06, 2021 0

काठमाडौं २३ जेठ । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलसँग पार्टी एकताको लागि नयाँ शर्त अघि सारेका छन् । अब तत्काल ओलीसगँ वार्ता हुने सम्भव नभएको बताएका नेपालले अहिले केहि बेरमा वक्तव्य जारी गर्ने भएका छन् । समुहको केन्द्रीय सदस्यहरुको बैठक र स्थायी कमिटीको बैठकपछि निश्कर्ष निकाल्दै नेपालले अब ओलीसँग वार्ता सम्भव नभएको बताएका हुन् ।

ओलीलाई परास्त गरेरै छाड्ने दावीका साथ नेपालले अब पार्टी एकताको लागि ओलीले जेठ २ को अवस्थामा पार्टीलाई लैजानुपर्ने ,फागुन २८ गते यता गरेका सबै निर्णय खारेज हुनुपर्ने अनि संसद विघटन गलत थियो भनेर सार्वजनिक रुपमा ओलीले माफी माग्नुपर्ने शर्त अगाडी सारेका छन् । विपक्ष गठबन्धनको सरकारमा समर्थन गरिरहेको नेपाल समुहका २३ सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

यस विषयमा नेपालले केहि बेरमै वक्तव्य जारी गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर