काठमाडौं १६ फागुन । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्र खतरा पर्ने अवस्था देखेर अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न सहमत भएको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पास भएकोमा खुसी व्यक्त गर्दै देश दुर्घटनाबाट बचेको बताएका छन् ।
‘म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ’उनले भने । शान्ति सम्झौतामा हस्ताक्षर एक पात्र आफु पनि भएकोले लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफू एमसीसी पारित गर्न सहमति भएको बताएका छन् ।
‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उनले भने,‘ त्यसैले यो निर्णयमा पुगिएको हो ।’उनले भनेका छन् ।