काठमाडौं १६ फागनु । नयाँ बानेश्वर स्थित संघीय संसद् भवन अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
सडकमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली पुगेको र डिस्पोजको तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोेग गरेर सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको देखिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।