काठमाडौँ २३ जेठ । वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘सबैतिर छ पार्टी- तर कहिं पनि छैन पार्टी’जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती रहेकोल यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर आफुले भुमिका खेल्नुपर्ने बताएका छन् । सरकारमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आएपछि सरकारबाट बाहिरिएका मन्त्री पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।
उनले भनेका छन्, म पार्टीको महासचिव भएर पुनस् भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु। पोखरेलले मन्त्री हुँदा आफूले सुबिधाबापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिवार नै खाली गरिसकेको बताएका छन् ।
आफ्नो कार्यकालमा यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।- बुझाएको साथै सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको बताएका छन् ।