निषेधाज्ञामा लखर लखर हिडेका यि तीन जनाको झोला चेक जाच गर्दा झस्कियो प्रहरी — OSNepal

निषेधाज्ञामा लखर लखर हिडेका यि तीन जनाको झोला चेक जाच गर्दा झस्कियो प्रहरी

LC (KTM) June 06, 2021 0

वाग्मती, २३ जेठ – मकवानपुरमा निषेधाज्ञाको मौका छोपी प्रतिबन्धित लागुऔषध गाँजाको कारोबार गर्ने तीन जनालाई शनिबार प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक दीपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट १२ केजी ३०० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो । झोलामा गाँजा बोकेर हिँडिरहेका उनीहरूलाई सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर