काठमाडौं १५ फागुन । नेकपा (एमाले)का सांसद भीम रावलले राष्ट्रियतामाथिको एमसीसी विषयमा हतार हतार संविधान मिचेर संसद्मा पेश गरिएको आरोप लगाएका छन् ।
एमसीसीको व्याख्यात्मक घोषणामाथिको छलफलमा पार्टी अन्य सांसद संसद बैठकमा नारावाजी गरिरहँदा नेता रावलले एमसीसीको व्याख्यात्मक घोषणा ठगपत्र मात्र भएको बताएका हुन् ।
‘यो व्याख्यात्मक घोषणा होइन । यो भ्रामात्मक घोषणा हो । दुई पक्षीय सम्झौता एक पक्षीय रुपमा घोषणा गर्यौँ भनेर जनतालाई ठग्ने यो भन्दा ठगपत्र अरू केही हुन सक्दैन,’ उनले भने ।
प्रधानमन्त्री शेरबहदुर देउवाले दमन गरेर एमसीसी अनुमोदन गरेको समेत बताएका छन् ।