एमसीसीको विरुद्धमा भोली नेपाल बन्दको घोषणा — OSNepal

एमसीसीको विरुद्धमा भोली नेपाल बन्दको घोषणा

LC (KTM) February 27, 2022 0

काठमाडौं १५ फागुन । अमेरिकी परियोजना एमसीसीको विरुद्धमा भोली सोमबार विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका ६ कम्युनिस्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको हो ।

जसमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा मसाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके (समाजवादी) तथा राष्ट्रिय जनमोर्चा र देजमो नेपाल रहेका छन् ।

अहिले संसद बैठकमा एमसीसीको विषयमा व्याख्यात्मक घोषणा भइरहँदा बाहिर भने मसाल जुलुस प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर